चपलीमा शंकास्पद अवस्थामा भेटिएको बस्तुमा के भेटियो?

हिमाल प्रेस २० फागुन २०८२ ८:५८ | Wednesday, March 4, 2026
20
SHARES
चपलीमा शंकास्पद अवस्थामा भेटिएको बस्तुमा के भेटियो?

काठमाडौँ- काठमाडौँको बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा शंकास्पद अवस्थामा भेटिएको प्रेसर कुकर नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले बेरेर राखिएको कुकरमा इट्टाको टुक्रा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए।

चुनाव बिथोल्न सक्रिय समूहले कुकुरमा सलाईको काँटी समेत हालेर तार जोडेर छाडेको भेटिएको हो। मध्यराति फेला परेको शंकास्पद बस्तु बुधबार बिहान सेनाको चन्दन नाथ गणबाट खटिएको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ। चपलीस्थित मसला फ्याक्ट्रीबाट चुनीखेल जाने सडकमा शंकास्पद वस्तु भेटिए पनि रातभर सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएका थिए।

प्रकाशित: २० फागुन २०८२ ८:५८ | Wednesday, March 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast