१२ करोड नाघ्यो ‘आ बाट आमा’ को कमाइ

हिमाल प्रेस १९ फागुन २०८२ ११:३६ | Tuesday, March 3, 2026
10
SHARES
१२ करोड नाघ्यो ‘आ बाट आमा’ को कमाइ

काठमाडौँ- हलमा प्रदर्शनरत फिल्म ‘आ बाट आमा’ ले १२ करोड भन्दा धेरै कमाइ गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस कलेक्सन अनुसार फिल्मले १२ करोड भन्दा धेरै कमाइ गरेको हो।

विवरणअनुसार फागुन १६ गतेसम्म फिल्मले १२ करोड २३ लाख ३८ हजार ८ सय २९ रुपैयाँ कलेक्सन गरेको छ। यस अवधिमा फिल्मको ४ लाख ६१ हजार ५ सय ७२ वटा टिकट बिक्री भएको छ।

फिल्म गत माघ १६ देखि हलमा प्रदर्शनरत छ। फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत (गजनी भिलेन), साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तलगायत कलाकारले अभिनय गरेका छन्। फिल्मका निर्देशक चन्द्र पन्त हुन्।

प्रकाशित: १९ फागुन २०८२ ११:३६ | Tuesday, March 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast