तस्बिर : एआई
काठमाडौँ- काठमाडौँका दुई स्थानमा गाडीमा आगजनी गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख रमेश थापाका अनुसार सुकेधारा र नैकापमा गाडीमा आगो लगाइएको हो।
सुकेधारामा बा ७ च १४०१ नम्बरको मारुती भ्यान र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरिएको थापाले जानकारी दिए। उनका अनुसार आज बिहान ३ बजे आसपास गाडीमा आगजनी गरिएको हो। घटनास्थलमा दुर्गा प्रसाईको समूहको पर्चा भेटिएको छ। ‘आज बिहान आगजनी भएको हो। हामी अनुसन्धान गर्दैछौँ।’ प्रमुख थापाले जानकारी दिए।
प्रकाशित: १९ फागुन २०८२ १०:३८ | Tuesday, March 3, 2026
प्रतिक्रिया





