हुम्ला- यही फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिका ५ स्थित हिल्सा नाका बन्द भएको छ। निर्वाचनलाई लक्षित गरी चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाका आउजाउ बन्द गरिएको छ।
सोमबारदेखि उत्तरी नाम्खा गाउँपालिका ५ स्थित हिल्सा नाका बन्द भएको जिल्ला प्रहरी कार्यालय हुम्ला जनाएको छ। निर्वाचनको मत परिमाण नआउनजेल हिल्सा नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खडकाले बताए।
प्रकाशित: १९ फागुन २०८२ १०:२३ | Tuesday, March 3, 2026
प्रतिक्रिया





