मौनअवधिको पूवार्धमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

हिमाल प्रेस १८ फागुन २०८२ ११:२९ | Monday, March 2, 2026
10
SHARES
मौनअवधिको पूवार्धमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री कार्कीले निर्वाचनलगायत विषयलाई लिएर आज राष्ट्रका नाममा सम्बोधन गर्ने प्रेस सल्लाहकार राम रावलले जानकारी दिए।

उनका अनुसार अहिले तयारी भइरहेकोले सम्बोधनको समय भने तय भएको छैन। गत भदौ २३ र २४ गतेको जेनजी विद्रोह पछि अन्तरिम सरकारको नेतृत्व गरेकी कार्की नेतृत्वको सरकारले चुनाव गराउन लागेको छ।

आगामी बिहीबार हुने निर्वाचनबाट आउने जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गरेर बाहिरिने तयारीमा प्रधानमन्त्री कार्की रहेकी छन्।

प्रकाशित: १८ फागुन २०८२ ११:२९ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast