भोलि साँझ ६ः०४ बजे खण्डग्रास चन्द्रग्रहण लाग्दै, ककसले हेर्न मिल्छ?

हिमाल प्रेस १८ फागुन २०८२ ११:२१ | Monday, March 2, 2026
20
SHARES
भोलि साँझ ६ः०४ बजे खण्डग्रास चन्द्रग्रहण लाग्दै, ककसले हेर्न मिल्छ?

काठमाडौँ- भोलि (फागुन १९ गते) खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। यो चन्द्रग्रहण नेपालका विभिन्न भागबाट देखिने वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्राडा जयन्त आचार्यले जानकारी दिए। यो ग्रहण विशेष किसिमको रहने उनको भनाई छ। मंगलबार साँझ चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा उदाउँने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको हो।

काठमाडौँमा साँझ ६ः०४ बजे ग्रहणसहित चन्द्रमा उदाउँदैछ। चन्द्रमा क्षितिजबाट माथि आउँदै गर्दा यसको आधाभन्दा धेरै भाग पृथ्वीको कालो छायाले ढाकिएको अवस्थामा देखिने आचार्य बताउँछन्। यो खगोलीय घटना काठमाडौँबाट करिब एक घण्टासम्म स्पष्ट रूपमा देख्न सकिने छ।

भोलिको चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता नपर्ने खगोलविद्ले बताएका छन्। सूर्यग्रहण जस्तो चन्द्र ग्रहणबाट आँखालाई असर नगर्ने हुनाले नांगो आँखाले खुला ठाउँबाट चन्द्रग्रहण हेर्न सकिने छ। यसअघि गएको भदौ २२ गते राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको थियो। यो चन्द्रग्रहण काठमाडौँबाट साढे तीनघण्टा देखिएको थियो।

सूर्यग्रहण भने नेपालबाट अब २०८४ मात्रै देखिने खगोलविद्‍ले बताएका छन्।

प्रकाशित: १८ फागुन २०८२ ११:२१ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast