कञ्चनपुरमा फागुन १८ गतेदेखि ड्रोन प्रयोगमा रोक

हिमाल प्रेस १६ फागुन २०८२ १०:४९ | Saturday, February 28, 2026
6
SHARES
कञ्चनपुरमा फागुन १८ गतेदेखि ड्रोन प्रयोगमा रोक

कञ्चनपुर- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा ड्रोन प्रयोगमा रोक लगाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार कुनै व्यक्ति वा निकायले अनुमति लिई सञ्चालनमा रहेका ड्रोन यही फागुन १८ गतेदेखि निर्वाचन प्रक्रिया सम्पन्न नहुँदासम्म प्रयोग गर्न नपाइने भएको छ । नियम विपरित ड्रोन उडाएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने उनले उल्लेख गरे ।

निर्वाचन हुनुभन्दा तीन दिन अगाडिदेखि निर्वाचन सम्पन्न नहुदासम्म ड्रोनको प्रयोगमा पूर्णरूपमा रोक लगाइएको उहाँको भनाइ रहेको छ ।

यसैगरी, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन अवधिभर कञ्चनपुरमा मदिरा बिक्री, वितरण तथा सेवनमा पूर्णप्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध उल्लङ्घन गरेमा कानुनअनुसार कारबाही हुने प्रशासनले जनाएको छ ।

निर्वाचनका क्रममा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले निर्णय गरिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयले होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित: १६ फागुन २०८२ १०:४९ | Saturday, February 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast