स्याङ्जा- स्याङ्जाका ८ पालिकामा आज सार्वजनिक बिदा दिइएको छ। ४४औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्याङ्जाका ५ नगरपालिका र ३ गाउँपालिकामा स्थानीय सरकारले आज एक दिन सार्वजनिक बिदा दिएका हुन्।
३ पालिकाले भने सार्वजनिक बिदा दिएका छैनन्। मगर जातिको बाहुल्य रहेका वालिङ, पुतलीबजार, गल्याङ, भीरकोट र चापाकोट नगरपालिका तथा कालीगण्डकी, हरिनाश, विरुवा गाउँपालिकाले सार्वजनिक बिदा दिइएको हो।
११ वटा स्थानीय तह रहेको स्याङ्जामा अर्जुन चौपारी, फेदिखोला, आँधीखोला गाउँपालिकाले भने सार्वजनिक बिदा दिएका छैनन्।
सार्वजनिक बिदाले वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघसंस्थाहरू बन्द छन्।
प्रकाशित: १५ फागुन २०८२ ८:१० | Friday, February 27, 2026
प्रतिक्रिया





