काठमाडौँ- विराट फिल्म एन्ड म्युजिक अवार्डको चौथो संस्करण सम्पन्न भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाको प्रमुख आतिथ्यता तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
चलचित्र विकास बोर्डको हलमा बिहीबार भएको कार्यक्रममा फिल्म र गीत संगीतका ३६ वटा विधामा अवार्ड प्रदान गरिएको छ। कार्यक्रम संयोजक सुरज पौडेलका अनुसार संगीततर्फ २४ विधा र फिल्मतर्फ १२ विधामा अवार्ड प्रदान गरिएको छ ।
जसमा ‘सतीदेवी’ ले उत्कृष्ट फिल्म अवार्ड पाएकाे छ। फिल्मतर्फ विजय बरालले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन्। विजयले ‘पूर्ण बहादुरको सारंगी’ बाट उक्त अवार्ड हात पारेका हुन्।
केकी अधिकारीले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन्। उनले फिल्म ‘बोक्सीको घर’ बाट उक्त अवार्ड जितेकी हुन्।
अन्यमा कसले कुन अवार्ड जिते?
फिल्मतर्फ
१. उत्कृष्ट फिल्म: सतीदेवी
२.उत्कृष्ट निर्देशक: मिलन चाम्स (अञ्जिला)
३.उत्कृष्ट अभिनेता: विजय वराल (पूर्ण बहादुरको सारंगी)
४.उत्कृष्ट अभिनेत्री: केकी अधिकारी (बोक्सीको घर)
५.सह-अभिनेत्री: सृजना अधिकारी (सतीदेवी)
६.छायाकार: पुरुसोत्तम प्रधान (पीताम्बर)
७.सम्पादक: संदेश शाह (ज्वाइँ साव)
८.संगीतकार :आशिष अविरल रैयाँ चाँदीको ( पूर्ण बहादुरको सारंगी)
९.सह अभिनेता: कामेश्वर चौरसिया (फेरी रेशम फिलिली)
१०.पटकथा संवाद: लक्ष्मण सुवेदी (सतीदेवी)
११.रंग संयोजन: राजेन्द्र मोक्तान (अञ्जिला)
१२.इन्करेज्मेंट अवार्ड बाल कलाकारः मंजिला बानियाँ र हर्षिका ओली (सतीदेवी)
संगीततर्फ विजेता
१.उत्कृष्ट गायक आधुनिक: रुद्र शेखर शर्मा (के छ सान्नानी)
जुरी अवार्ड: शशी विक्रम थापा (तिम्रै कारण)
२.उत्कृष्ट गायिका आधुनिक: अन्जु पन्त (थाहै थिएन दिल)
३.उत्कृष्ट संगीतकार: मनोज चौलागाईं
४.उत्कृष्ट गीतकार आधुनिक: प्रतिमा गुरुङ (न जिउन सकें न मर्न सकें)
जुरी अवार्ड: सरिता सापकोटा (बेखबर)
५.उत्कृष्ट मोडल आधुनिक मेल: माधव केसी (अजम्बरी माया)
जुरी अवार्ड :आर्यन राउत (पिर पर्या छ)
पब्लिक च्वाइस अवार्ड: इश्वर वल्लभ उप्रेती (आदत बन्यौं)
६.उत्कृष्ट मोडल आधुनिक फिमेल: नेहा गौतम (तिम्रो झझल्को)
७.उत्कृष्ट मेकअप आर्टिस्ट: प्रिया नगरकोटी (मेरो घरको मुन्तिर)
सेलिब्रटी नेपाल प्रतिष्ठानले नेपाली गीत-संगीत तथा फिल्म क्षेत्रका स्रष्टालाई अवार्ड र सम्मान प्रदान गर्ने उद्देश्यले उक्त अर्वाड कार्यक्रम गर्दै आइरहेको छ।





