छेउमै रहेको रूख घरमाथि नै ढल्यो, घर ढल्दा च्यापिएर ज्यान गयो

हिमाल प्रेस १४ फागुन २०८२ १०:३२ | Thursday, February 26, 2026
4
SHARES
छेउमै रहेको रूख घरमाथि नै ढल्यो, घर ढल्दा च्यापिएर ज्यान गयो तस्बिर : एआई

महेन्द्रनगर- कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रूख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको जानकारी दिए। घटनापछि आज बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वासु अवस्थी नेतृत्वको टोली खटिएको छ ।

त्यसैगरी सोही घरमा रहेकी ४० वर्षीया सीता महता घाइते भएको प्रहरीले जनाएको छ। उनको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १४ फागुन २०८२ १०:३२ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast