सुदू‍रपश्चिम प्रदेश : नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

हिमाल प्रेस ११ माघ २०७९ १५:५९ | Wednesday, January 25, 2023
सुदू‍रपश्चिम प्रदेश : नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ। फाइल तस्बिर

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिन नसक्ने बताएको छ। नागरिक उन्मुक्ति पार्टीसहितको समर्थनमा पुस २७ गते नेकपा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बने पनि अहिले भने विश्वासको मत दिन नसकिने बताएको हो।

उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले भनिन्, ‘हाम्रा माग पुरा गर्ने शर्तमा संघमा प्रधानमन्त्रीलाई विश्वासको मत दियौँ। सुदूरपश्चिममा पनि सरकार बनाउन सहयोग गरेकै हो। तर, हाम्रा मागको सुनुवाइ भएको छैन। त्यसैले विश्वासको मत दिँदैनौँ।

मुख्यमन्त्री बनेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

प्रकाशित: ११ माघ २०७९ १५:५९ | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast