गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा : निवेदकतर्फको बहस सकियो

हिमाल प्रेस ११ माघ २०७९ १४:०७ | Wednesday, January 25, 2023
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा : निवेदकतर्फको बहस सकियो

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा निवेदकको तर्फबाट बहस सकिएको छ।

वरिष्ठ रमण कर्ण, डा. सुरेन्द्र भण्डारी र अधिवक्ताहरू अमृत खरेल, निकिता ढुंगानाले बहस गरे। केहीबेरमा सरकार र गृहमन्त्री लामिछानेको तर्फका वकिलले बहस गर्नेछन्। जवाफी बहस पनि आजै सुरु हुने सर्वोच्च प्रशासनले जनाएको छ।

लामिछानेको नागरिकताको विषयमा संवैधानिक इजलासमा अन्तिम सुनुवाइ भइरहेको हो। कामु प्रधानन्यायाधीस हरिकृष्ण कार्की, न्यायाधीस विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ भइरहेको छ।

यसअघि, गएको पुस २२ गते अदालतले आजका लागि पेसी स्थगित नगर्ने मुद्दाका रूपमा राख्न भनेको थियो। उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ।

लामिछानेको नागरिकतालाई लिएर आलोचना भइरहेको छ। उनी अमेरिका हुँदा अमेरिकी नागरिकता लिएको पछि उक्त नागरिकता त्यागेपछि नेपाली नागरिकता पुन: नलिएको विषय विवादित छ। लामिछानेपक्षले विदेशी नागरिकता त्यागेपछि पुन:नयाँ नागरिकता लिन नपर्ने पहिलेकै नेपाली नागरिकता नै सक्रिय हुने दाबी गर्दै आइरहेको छ।

प्रकाशित: ११ माघ २०७९ १४:०७ | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast