जंगली हात्तीको आक्रमणबाट घाइते भएकी महिलाको मृत्यु

हिमाल प्रेस १३ फागुन २०८२ ६:४४ | Wednesday, February 25, 2026
6
SHARES
जंगली हात्तीको आक्रमणबाट घाइते भएकी महिलाको मृत्यु फाइल तस्बिर।

काठमाडौँ- झापामा जंगली हात्तीको आक्रमणबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

यही फागुन ७ गते बाह्रदशी गाउँपालिका १ बोक्राझारी बस्ने लखनलाल राजवंशीकी श्रीमती ५० वर्षीया लिला राजवंशी गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा बीएसण्डसी अस्पताल बिर्तामोडमा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आफ्नो बनाउदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा स्थानीय लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट आएको जंगली हात्तीले आक्रमण गर्दा राजवंशी गम्भीर घाइते भएकी थिइन्।

प्रकाशित: १३ फागुन २०८२ ६:४४ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast