स्ववियु चुनावको म्याद सार्न अखिल क्रान्तिकारी समानान्तर कमिटीको माग

हिमाल प्रेस ११ माघ २०७९ १३:१६ | Wednesday, January 25, 2023
स्ववियु चुनावको म्याद सार्न अखिल क्रान्तिकारी समानान्तर कमिटीको माग

काठमाडौँ- अखिल क्रान्तिकारीको असन्तुष्ट पक्ष पवन कार्कीपक्षले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को म्याद सार्न माग गरेको छ। साथैपरीक्षा तालिका सच्याउन पनि माग गरेको छ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट विद्यार्थीहरूले प्राप्त गर्ने सेवा सुविधाहरूमा हुँदै आएको ढिला सुस्ती, परीक्षा र नतिजा प्रकाशनमा हुँदै आएको विकृति विसंगतिविरुद्ध आफ्नो संगठनले पटक पटक माग पत्र पेस गरिरहेको जनाउँदै आज पुनः परीक्षा तालिका सच्याउन माग गरेको हो।

स्नातक तह चौथो वर्षको परीक्षा तालिका स्ववियु निर्वाचन र विद्यार्थी लाई परीक्षा तयारीको समय दिएर पुनरावलोकन गर्नुपर्ने, सबै तहका परीक्षा कार्य तालिका शैक्षिक क्यालेन्डर बनाएर सार्वजनिक गर्नुपर्ने लगायतका मागसहित त्रिविलाई ध्यानाकर्षण पत्र बुझाएको हो। कार्की माओवादी निकट विद्यार्थी संगठनका समानान्तर कमिटीका अध्यक्ष हुन्। क्रान्तिकारीको अध्यक्ष पन्चासिंह निर्वाचित भएपछि असन्तुष्ट हुँदै उनले समानान्तर कमिटी गठन गरेका थिए।

प्रकाशित: ११ माघ २०७९ १३:१६ | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast