युनियन खारेजको तयारीविरुद्ध विद्यार्थी आन्दोलित

हिमाल प्रेस १५ वैशाख २०८३ १५:०४ | Tuesday, April 28, 2026
6
SHARES
युनियन खारेजको तयारीविरुद्ध विद्यार्थी आन्दोलित

काठमाडौँ- विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विरोध प्रदर्शनसहित मार्चपास गरेका छन्।

सरकारको शासकीय सुधारका काममा विद्यार्थी संगठन खारेज गर्ने बुँदा पनि समावेश भएपछि आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले मंगलबार विरोध प्रदर्शनसहित मार्चपास गरेका हुन्।

विश्वविद्यालयमा रहेका स्ववियु तथा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने गरी चालिएको कदम स्वीकार्य नहुने उनीहरुको भनाइ छ। उनीहरुले विद्यालय शिक्षा विधयेक खोइ, विश्वविद्यालयमा प्रहरी होइन, प्राध्यापक पठाउ, स्ववियु खारेज गर्न पाइँदैन, विश्वविद्यालयको स्वायत्तता सुनिश्चितता गरलगायतका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका थिए।

त्यस्तै विद्यार्थीले बढ्दो महँगी नियन्त्रण गर्नुपर्ने, शैक्षिक संस्थालाई ब्यारेकीकरण गर्ने अभ्यास बन्द गर्नुपर्ने, मेरिटोक्रेसी लागू गर्नुपर्ने र विद्यार्थीलाई यातायातमा दिइँदै आएको ४५ प्रतिशत भाडा छुट कायम गर्न माग गरेका छन्।

अखिल(क्रान्तिकारी)का उपाध्यक्ष मदन ढकालले विद्यार्थी युनियन खारेजलगायतका माग राख्दै आफूहरू निरन्तर आन्दोलनमा रहेको भन्दै सरकारले माग नसुने कडा आन्दोलनको घोषणा गरेर अघि बढ्ने चेतावनी दिए।

उहाले विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध आगामी दिनमा स्ववियुका माध्यमबाट सबै क्याम्पसमा विरोधका कार्यक्रम आयोजना गरिने बताए।

प्रकाशित: १५ वैशाख २०८३ १५:०४ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast