मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

हिमाल प्रेस १२ फागुन २०८२ ११:५६ | Tuesday, February 24, 2026
10
SHARES
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मकवानपुर- मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार बेलुकी मकवानपुरको बागमती गाउँपालिका ८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा प्र ३-०२-००५ प १००८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा बकैया गाउँपालिका ८ बस्तिपुरका ४० वर्षीय प्रेमबहादुर गोले छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनी सवार मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेको थियो।

दुर्घटनापश्चात गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा राति ९:५० बजे चिकित्सकले मृत घोषणा गरिदिएको थियो।

प्रकाशित: १२ फागुन २०८२ ११:५६ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast