पाल्पा सिमेन्टको आईपीओ खुल्यो

हिमाल प्रेस १२ फागुन २०८२ ९:१८ | Tuesday, February 24, 2026
8
SHARES
पाल्पा सिमेन्टको आईपीओ खुल्यो

काठमाडौँ- पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आज (मंगलबार)देखि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो।

जसमध्ये १८ लाख ७५ हजार कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो। कम्पनीले २ लाख ८१ हजार २५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरूका लागि र २ लाख ८१ हजार २५० कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि बाँडफाँट गरेको छ।

अब कम्पनीले बाँकी रहेको ४५ करोड रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। सर्वसाधारणले छिटोमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन्। ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन पउनेछन्।

प्रकाशित: १२ फागुन २०८२ ९:१८ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast