काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी ‘बाचापत्र’ मा कला संस्कृतिसम्बन्धी एजेन्डा सार्वजनिक गरेका छन्।
जसमा उनले राष्ट्रिय भाक्का दिवसलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गरिने बताएका छन्। जुन पहिलो बुँदामा छ।
उनको दोस्रो बाँचा आदिवासी तथा जनजातिलगायत सम्पूर्ण जातजातिको भाषा, कला, धर्म, संस्कृति एवं वेषभूषाको संरक्षण तथा प्रवर्धन गर्ने रहेको छ।
तेस्रोमा आदिवासी तथा जनजाति संग्राहलयलाई थप व्यवस्थित तथा सुदृढ गरी सञ्चालनमा ल्याउने र चौथोमा सेउपाखा बहु-सांस्कृतिक भवनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने बाँचा गरेका छन्।
प्रकाशित: ११ फागुन २०८२ १६:११ | Monday, February 23, 2026
प्रतिक्रिया





