बालेनले ल्याए शिक्षा सुधारका एजेन्डा

हिमाल प्रेस ११ फागुन २०८२ १२:२४ | Monday, February 23, 2026
408
SHARES
बालेनले ल्याए शिक्षा सुधारका एजेन्डा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी ‘बाचापत्र’ सार्वजनिक गर्दै  शिक्षा क्षेत्रको आमूल सुधार र स्थानीय आवश्यकतालाई विशेष प्राथमिकता दिने बताएका छन्।

बालेनले गरिब तथा विपन्न परिवारका बालबालिकाले गुणस्तरीय शिक्षा पाउनुपर्ने अधिकारलाई व्यवहारमै सुनिश्चित गर्ने दृढता व्यक्त गरेका छन्।

घोषणापत्रमा काठमाडौँ महानगरपालिकामा सफल मानिएको ‘शिक्षामा सीप’ कार्यक्रमलाई झापा-५ मा पनि कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।  विद्यार्थीहरूलाई आत्मनिर्भर बनाई विदेश जानुपर्ने बाध्यता न्यूनीकरण गर्ने लक्ष्य उनको छ।

शैक्षिक पूर्वाधारतर्फ गौरीगञ्जस्थित ऐतिहासिक त्रिभुवन पुस्तकालयलाई पुनर्निर्माण गरी आधुनिक ‘डिजिटल अध्ययन अनुसन्धान केन्द्र’का रूपमा विकास गर्ने र दमक १० मा रहेको साइन्स पार्कलाई थप व्यवस्थित गरी सञ्चालनमा ल्याउने योजना अघि सारिएको छ।

बालेनले स्वास्थ्य र शिक्षालाई जोड्दै ‘कोशी आयुर्वेद प्रतिष्ठान’ स्थापना गरी कमल (लखनपुर) स्थित प्रादेशिक आयुर्वेद अस्पताललाई सोही मातहत सञ्चालन गर्ने र दमक बहुप्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न गरी तत्काल सञ्चालनमा ल्याउने बाचा गरेका छन्।

सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार्न स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालय स्थापना गर्ने तथा ‘School Retention Program’ मार्फत विद्यालय छाड्ने दरलाई शून्यमा झार्ने उनको योजना छ।

यसैगरी, बाचापत्रमा फरक क्षमता भएका बालबालिकाका लागि विशेष शैक्षिक कार्यक्रम र स्थानीय भाषा एवं लिपिलाई प्रारम्भिक शिक्षादेखि नै पाठ्यक्रममा समावेश गर्न पहल गर्ने जस्ता समावेशी बुँदाहरू समेटिएका छन्।

प्रकाशित: ११ फागुन २०८२ १२:२४ | Monday, February 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast