‘धागोले बाटेको’ गीतमा राेमान्टिक देखिए विराज र सुपुष्पा

हिमाल प्रेस १० फागुन २०८२ १७:२६ | Sunday, February 22, 2026
34
SHARES
‘धागोले बाटेको’ गीतमा राेमान्टिक देखिए विराज र सुपुष्पा

काठमाडौँ- अभिनेता विराज भट्ट र अभिनेत्री सुपुष्पा भट्टकाे अभिनयमा ‘धागोले बाटेको’ बाेलकाे गीत सार्वजनिक भएको छ।

भिडियोमा विराज र सुपुष्पा रोमान्टिक भूमिकामा देखिएका छन्। प्रेम कथामा आधारित गीत बाबुल गिरी र रचना रिमालले गाएका छन्।

गीत डाक्टर डीआर उपाध्यायले लेखेका हुन्। गीतमा गायक बाबुलले नै संगीत भरेका छन्।

याे गीत फिल्म ‘राम नाम सत्य’ मा समावेश छ। फिल्मकाे प्रचार सामग्रीकाे रुपमा आइतबार टिमले उक्त गीत सार्वजनिक गरेकाे हाे।

फिल्म आगामी चैत २७ देखि प्रदर्शन गर्ने टिमको तयारी छ। फिल्मका निर्देशक माइकल चन्द हुन्।

विराज, सुपुष्पासँगै फिल्ममा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्म एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण गरेको टिमले जनाएको छ।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बनेकाे फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीले लगानी गरेका छन्। किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार फिल्मका कार्यकारी निर्माता हुन्।

माइकल चन्दकै पटकथा रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन निर्देशन र बन्दे प्रसादको सम्पादनमा बनेको छ।

यस्ताे छ गीत

प्रकाशित: १० फागुन २०८२ १७:२६ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast