यस्तो छ ‘बीर विक्रम २’को हिन्दी संस्करणको ट्रेलर

हिमाल प्रेस ६ मंसिर २०७९ ११:५८ | Tuesday, November 22, 2022

काठमाडौँ– फिल्म ‘बीर विक्रम २’को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक भएको छ। पल शाह, वर्षा शिवाकोटी र नाजिर हुसेन मुख्य भूमिकामा रहेको फिल्मको नेपाली संस्करण दुई वर्षअघि हलमा प्रदर्शनमा आइसकेको छ।

फिल्मको हिन्दी संस्करणलाई हलमा प्रदर्शन गर्न नसके पनि निर्माण पक्षले युट्युबमा सार्वजनिक गर्ने घोषणा गरेको छ। युट्युबमा रिलिज हुनुअघि फिल्मको हिन्दी भाषामा डब ट्रेलर आएको छ। तीन मिनेट लामो ट्रेलरमा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङलगायत कलाकार अटाएका छन्।

मिलन चाम्सका निर्देशनमा बनेको फिल्म ओएसआर इन्टरनेसनलको युट्युब च्यानलमा पुस १५ मा सार्वजनिक हुनेछ। फिल्ममा पल, वर्षा, नाजिरबाहेक बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारीलगायत कलाकारको अभिनय रहेको छ।

चाम्सकै निर्देशन रहको फिल्मको पहिलो भाग ‘बीर विक्रम’मा दयाहाङ राई, अनुपविक्रम शाही, दीया पुन, अर्पण थापा, नाजिर हुसेनलगायत कलाकार रहेका थिए।

 

 

प्रकाशित: ६ मंसिर २०७९ ११:५८ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast