अभिनेत्री नीति शाहले गरिन् विवाह

हिमाल प्रेस ८ फागुन २०८२ ११:५७ | Friday, February 20, 2026
38
SHARES
अभिनेत्री नीति शाहले गरिन् विवाह

काठमाडौँ- अभिनेत्री नीति शाहले विवाह गरेकी छन्। उनले इन्जिनियर याञ्चित राणासँग विवाह गरेकी हुन्।

झम्सिखेलस्थित न्यु प्लाजामा शुक्रबार आज उनीहरूको वैवाहिक समारोह चलिरहेको छ। यसपटक उनीहरूले परम्परागत विधिअनुसार विवाह गरेका हुन्।

यसअघि गत वैशाखमा उनीहरूले काठमाडौँ जिल्ला अदालतमा कानुनी विवाह गरेका थिए।

उनीहरूले प्रेम विवाह गरेका हुन्। नीति र राणा करिब दुई वर्षदेखि प्रेममा थिए। याञ्चित एरोस्पेस इन्जिनियर हुन्।

नीति ‘मिस नेपाल इन्टरनेसनल २०१७’ की विजेता हुन्। उनले ‘खजुरे ब्रो’ बाट फिल्म अभिनयमा डेब्यु गरेकी थिइन्। त्यसयता ‘ज्वाइँ साब’ र ‘नरसिंहा अवतार’ दुई फिल्ममा काम गरिसकेकी छन्। उनी म्युजिक भिडियोतिर पनि व्यस्त छिन्।

प्रकाशित: ८ फागुन २०८२ ११:५७ | Friday, February 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast