आज कति लाखमा कारोबार हुँदैछ सुन?

हिमाल प्रेस ८ फागुन २०८२ ११:१८ | Friday, February 20, 2026
38
SHARES
आज कति लाखमा कारोबार हुँदैछ सुन?

काठमाडौँ- आज बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र एक तोला चाँदीको मूल्य रु पाँच हजार ५० निर्धारण भएको छ।

हिजो बिहीबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र एक तोला चाँदीको मूल्य रु पाँच हजार ६० कायम भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९९२ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ८ फागुन २०८२ ११:१८ | Friday, February 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast