जुम्लामा जिप दुर्घटना हुँदा ७ घाइते

हिमाल प्रेस ७ फागुन २०८२ १३:३९ | Thursday, February 19, 2026
6
SHARES
जुम्लामा जिप दुर्घटना हुँदा ७ घाइते

काठमाडौँ- जुम्लामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। बिहीबार दिउँसो भएको दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरीले जनाएको छ।

तातोपानी गाउँपालिका ६ धौलापानीमा जुम्लाबाट नाग्मा तर्फ जाँदै गरेको जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटना लगत्तै निर्वाचन क्षेत्र सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी को मोबाइल टोलिले निर्वाचन प्रहरी समेतको सहयोगमा घाइतेको उद्दार गरेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

घाइतेहरुलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान लगिएको छ।

प्रकाशित: ७ फागुन २०८२ १३:३९ | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast