मेची भन्सारले उठायो ७ महिनामा ९ अर्ब ९२ करोड राजस्व

हिमाल प्रेस ७ फागुन २०८२ ११:०० | Thursday, February 19, 2026
4
SHARES
मेची भन्सारले उठायो ७ महिनामा ९ अर्ब ९२ करोड राजस्व

झापा- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व संकलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा रु १० अर्ब ५५ करोड २० लाख ३४ हजार संकलनको लक्ष्य निर्धारण भएको थियो ।

यद्यपि माघमा मात्रै रु एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार संकलन भएको छ । यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो । चालु आवमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ।

प्रकाशित: ७ फागुन २०८२ ११:०० | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast