एमाले पनि घोषणापत्र सार्वजनिक गर्दै, पदाधिकारी बैठक पनि बस्ने

हिमाल प्रेस ७ फागुन २०८२ ९:०० | Thursday, February 19, 2026
6
SHARES
एमाले पनि घोषणापत्र सार्वजनिक गर्दै, पदाधिकारी बैठक पनि बस्ने फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले घोषणापत्र सार्वजनिक गर्दैछ। मध्याह्न १२ बजे काठमाडौँको एभरेस्ट होटलमा घोषणपत्र सार्वजनिक गर्ने कार्यक्रम राखिएको प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए।

त्यसका लागि अध्यक्ष केपी शर्मा ओली हिजै झापाबाट काठमाडौँ आइसकेका छन्। यसपटक चुनावी सभा नगर्ने नीति लिएको एमालेले उम्मेदवारहरूलाई सम्बन्धित क्षेत्र र सक्रिय सदस्यलाई घरदैलोमा केन्द्रित गराउने नीति लिएको छ। भदौको आन्दोलनलाई देशको अस्तित्व रक्षासँग जोडेको एमालेले समृद्ध नेपाल निर्माण, रोजगारी सिर्जना, सामाजिक न्याय र संस्थागत सुधारलाई प्राथमिकतामा राखेर घोषणापत्र ल्याउने नेताहरुले बताएका छन्।

आजै एमालेको सचिवालय बैठक पनि बस्ने भएको छ। सबै पदाधिकारी काठमाडौँमै भएकोले आज अनौपचारिकरूपमा बैठक बोलाइएको प्रचार विभाग प्रमुख शाहीले बताए।

प्रकाशित: ७ फागुन २०८२ ९:०० | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast