बनेपामा टिपरको ठक्करबाट एकको मृत्यु, टिपरमा आगजनी

हिमाल प्रेस ६ फागुन २०८२ ११:१६ | Wednesday, February 18, 2026
8
SHARES
बनेपामा टिपरको ठक्करबाट एकको मृत्यु, टिपरमा आगजनी

बनेपा- अरनिको राजमार्गअन्तर्गत बनेपाको चाँदनी चोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आज बिहान भएको दुर्घटनामा बागमती प्रदेश ०१-००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको हो। स्कुटरमा सवार अर्का एक जना घाइते भएका छन्। उनको उपचार भइरहेको छ।

दुर्घटनापछि आक्रोशित सर्वसाधारणले घटनास्थलमै टिपरमा आगजनी गरेका छन्।

आगलागी नियन्त्रणमा ल्याउन सुरक्षाकर्मी र दमकल परिचालन गरिएको थियो। केही समय राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र टिपर चालकको अवस्थाबारे जानकारी संकलन भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रकाशित: ६ फागुन २०८२ ११:१६ | Wednesday, February 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast