सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ बाँडफाँट

हिमाल प्रेस ५ फागुन २०८२ ११:५० | Tuesday, February 17, 2026
4
SHARES
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ बाँडफाँट

काठमाडौँ- सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ आज बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५७ हजार २४३ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

बाँकी रहेको १ कित्ता सेयर सोही लगानीकर्तामा बाँडफाँट गर्दा १ जना आवेदकले थप एक कित्ता अर्थात ११ कित्ता सेयर प्राप्त गरेका छन्।

यसमा कुल २४ लाख ५२ हजार ६०२ जनाले २ करोड ६१ लाख ३२ हजार ८०० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २४ लाख ११ हजार ९९२ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको बिक्री प्रबन्धकले बताएको छ।

कम्पनीले माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आईपीओ बिक्री गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गरेको थियो।

प्रकाशित: ५ फागुन २०८२ ११:५० | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast