झापाको कन्काई पुलमा नक्कली बम फेला

हिमाल प्रेस ५ फागुन २०८२ ९:३७ | Tuesday, February 17, 2026
12
SHARES
झापाको कन्काई पुलमा नक्कली बम फेला

काठमाडौँ- झापाको शिवसताक्षी नगरपालिका-१० माई धारस्थित कन्काई पुलमा आज (मंगलबार) बिहान फेला परेको  नक्कली बम भएको पुष्टि भएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक जाँच तथा डिस्पोज गर्ने तयारीका क्रममा उक्त वस्तु विस्फोटक नभई परालको डल्लो रहेको पुष्टि गरेको हो।

पराललाई डल्लो बनाएर तारले बेरेको र बाहिरी भागमा `नेपाल बन्द होसियार´ लेखिएको कागज राखी ढुंगाले थिचेर पुलको बिच भागमा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उक्त वस्तु बम भएको आशंकामा बिहानैदेखि पूर्वपश्चिम राजमार्गको सो खण्डमा सवारी आवागमन रोकिएको थियो। घटनापछि नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले शंकास्पद वस्तु हटाएपछि राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ।

प्रकाशित: ५ फागुन २०८२ ९:३७ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast