झापामा ओली, यी कार्यक्रममा सहभागी हुँदैछन् आज

हिमाल प्रेस ५ फागुन २०८२ ८:४० | Tuesday, February 17, 2026
10
SHARES
झापामा ओली, यी कार्यक्रममा सहभागी हुँदैछन् आज

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापाको दमक नगरपालिका क्षेत्रमा विभिन्न कार्यक्रमहरूमा सहभागी हुने भएका छन्।

निर्वाचन लक्षित कार्यक्रममा अध्यक्ष ओलीले आज दिनभर दमकका विभिन्न वडामा स्थानीय नागरिकसँग भेटघाट र संवाद गर्ने भएका हुन्।

कार्यक्रमअनुसार बिहान साढे ११ बजे देखि १२ बजेसम्म वडा नम्बर ३ को दुम्से चोक टुकुरेमा उनी सहभागी हुनेछन् । त्यसपछि १२:२० देखि १ बजेसम्म वडा नम्बर ८ को संगम चोक, कृष्ण मन्दिर नजिक धनपति मैनालीको घरमा कार्यक्रम तय गरिएको निर्वाचन परिचालन समिति अन्तर्गतको मिडिया परिचालन उपसमिति संयोजक इन्द्र भण्डारीले जानकारी दिए ।

उनका अनुसार दिउँसो १:२० देखि २ बजेसम्म वडा नम्बर १० को सूर्य चोकमा उपस्थित हुने कार्यक्रम छ । त्यसैगरी २ः२० देखि ३ बजेसम्म गुम्बा चोक र मुना चोक क्षेत्रमा, तथा ३ः२० देखि ४ बजेसम्म किराँत चोकमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

आजको भ्रमणका क्रममा अध्यक्ष ओलीले स्थानीय कार्यकर्ता र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको ओलीको निर्वाचन कमान्डर देवेन्द्र दाहालले जानकारी दिए।

प्रकाशित: ५ फागुन २०८२ ८:४० | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast