सर्वोच्चको आदेश कुर्दै कास्की अदालत, रविको मुद्दा फिर्ता लिन तत्काल अस्वीकार

हिमाल प्रेस ४ फागुन २०८२ १८:५८ | Monday, February 16, 2026
22
SHARES
सर्वोच्चको आदेश कुर्दै कास्की अदालत, रविको मुद्दा फिर्ता लिन तत्काल अस्वीकार रवि लामिछाने। फाइल तस्बिर

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धका मुद्दा कास्की जिल्ला अदालतले तत्काल फिर्ता गर्न अस्वीकार गरेको छ।

सोमबार जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सर्वोच्च अदालतमा समेत यसबारे निवेदन परेकाले उक्त आदेश आइसकेपछि मात्र इजलासमा पेस गर्नू भन्ने आदेश दिएका हुन्।

सूचना अधिकारी रामबहादुर किसानले मुद्दा संंशोधन गर्ने भन्ने विषयमा महान्यायाधिवक्ताको निर्णयबारे सर्वोच्चमा लामिछानेविरुद्ध निवेदन परेकाले उक्त आदेश आइसकेपछि मात्र इजलासमा निवेदन पेस गर्नू भन्ने आदेश भएको जानकारी दिए। लामिछाने विरुद्ध सर्वोच्चमा तीन वटा निवेदन परेको जनाइएको छ।

लामिछानेले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खेप्दै आएकामा महान्याधिवक्ताको कार्यालयले अघिल्लो महिना संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने भन्दै संशोधनको निर्णयसहित जिल्ला अदालतलाई पत्र पठाएको थियो।

प्रकाशित: ४ फागुन २०८२ १८:५८ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast