तुलसी घिमिरेले गरे नयाँ वर्षमा ‘पहाड’ प्रदर्शन गर्ने घोषणा

हिमाल प्रेस ४ फागुन २०८२ १४:१६ | Monday, February 16, 2026
18
SHARES
तुलसी घिमिरेले गरे नयाँ वर्षमा ‘पहाड’ प्रदर्शन गर्ने घोषणा

काठमाडौँ- वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ आगामी नयाँ वर्ष अर्थात्  २०८३  साल वैशाख १ गतेदेखि प्रदर्शन हुने भएको छ।

यसअघि फिल्म गत कात्तिक ७ मा प्रदर्श गर्ने भनिएको थियो। निर्माण टिमले मिति पोस्पोन्ड गरेकाे थियाे।

फिल्म युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्यामा केन्द्रित रहेको निर्देशक घिमिरेले जानकारी दिए।

उनले भने, ‘फिल्ममा मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, यसले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ।’ फिल्ममा नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गरेको उनले बताए।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, स्व. अभिनेता सुनिल थापा, विपिन कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायत कलाकारले अभिनय गरेका छन्।

निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमीलाई यसै फिल्ममार्फत अभिनयान दर्शकसामु ल्याउँदै छन्।

फिल्म ‘प्रोडक्सन डिजाइनर’को जिम्मेवारी उनकै जेठी छोरी भावना घिमिरेले सम्हालेकी छन्।

प्रकाशित: ४ फागुन २०८२ १४:१६ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast