काठमाडौँ- होटल फरेस्ट इनको आईपीओ आज बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार बाँडफाँटमा ३ लाख ३२ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
यसमा २६ लाख ६० हजार ४५२ आवेदकले २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए।जसमध्ये २३ लाख ७१ हजार ३१५ आवेदक स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको बिक्री प्रबन्धकले बताएको छ।
कम्पनीले माघ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आईपीओ बिक्री गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको थियो।
प्रकाशित: ४ फागुन २०८२ १३:५० | Monday, February 16, 2026
प्रतिक्रिया




