छोरा फरक दलबाट उम्मेदवार बनेपछि वडाध्यक्ष आचार्यलाई एमालेले गर्‍यो कारबाही

हिमाल प्रेस ३ फागुन २०८२ १९:३५ | Sunday, February 15, 2026
20
SHARES
छोरा फरक दलबाट उम्मेदवार बनेपछि वडाध्यक्ष आचार्यलाई एमालेले गर्‍यो कारबाही

इटहरी- नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुनसरीले जिल्ला सदस्य तथा इटहरी उपमहानगरपालिका-१७ का वडाध्यक्ष प्रभात आचार्यलाई कारबाही गरेको छ।

पार्टीको नीति विपरीत गतिविधि गरेको ठहर गर्दै उनलाई जिल्ला कमिटी सदस्य र साधारण सदस्यता दुवैबाट हटाइएको हो।

आचार्यका छोरा आदित्य आचार्य सुनसरी–२ बाट राष्ट्रिय निर्माण दलको उम्मेदवार बनेपछि एमालेले उनीमाथि शंका गरेको जनाएको छ। सो विषयमा दुई पटकसम्म स्पष्टीकरण सोध्दा पनि अटेर गरेपछि कारबाही गरिएको एमालेले बताएको छ।

एमाले सुनसरीका कार्यवाहक अध्यक्ष पर्शुराम यादवद्वारा पठाइएको पत्रमा पार्टी विधानको धारा ८ उपधारा १ (ख) बमोजिम कारबाही गरिएको उल्लेख छ। यसअघि आचार्य नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका थिए। उनले २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट टिकट पाएपछि वडाध्यक्षमा विजय हासिल गरेका थिए।

कारबाही सम्बन्धी पत्र कोशी प्रदेश कमिटी विराटनगर, जिल्ला कमिटी संगठन विभाग तथा इटहरी उपमहानगर कमिटीलाई बोधार्थसहित पठाइएको एमालेले जनाएको छ।

प्रकाशित: ३ फागुन २०८२ १९:३५ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast