२०.६८ प्रतिशतले आयात र ३२ प्रतिशतले निर्यात घट्यो

हिमाल प्रेस १० माघ २०७९ १७:१७ | Tuesday, January 24, 2023
२०.६८ प्रतिशतले आयात र ३२ प्रतिशतले निर्यात घट्यो

काठमाडौँ– चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा आयात र निर्यात दुवै घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार पुस मसान्तसम्म २०.६८ प्रतिशतले आयात र ३२ प्रतिशतले निर्यात घटेको छ। गत आर्थिक वर्ष २०७८/७९ को पुससम्म ९ खर्ब ९९ अर्ब ३४ करोड ४२ लाखको वस्तु आयात भएको थियो। चालु आवको सोही अवधिमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँको आयात भएको छ।

त्यस्तै गत आवको पुससम्म १ खर्ब १८ अर्ब ८५ करोडको वस्तु तथा सेवा निर्यात भएको थियो। चालु आवको ६ महिनामा ८० अर्ब ८० करोड ७४ लाखको निर्यात भएको विभागले जनाएको छ। भन्सार विभागका अनुसार वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.७५ र निर्यातको हिस्सा ९.२५ प्रतिशत छ।

पुस मसान्तसम्म नेपाललाई ७ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ व्यापार घाटा भएको छ। यो अवधिसम्म नेपालले कुल ८ खर्ब ७३ अर्ब ४७ करोडको वैदेशिक व्यापार गरेको छ। जुन गत आवको तुलनामा १९.१५ प्रतिशतले कमी हो। गत आवको पुससम्म ११ खर्ब १८ अर्ब १९ करोड रुपैयाँको व्यापार भएको थियो।

प्रकाशित: १० माघ २०७९ १७:१७ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast