मानव स्रोतले जारी गर्‍यो ईसीडी शिक्षकको बुटक्याम्प संहिता, एक बुटक्याम्पमा २५ जना समेटिने

हिमाल प्रेस ३ फागुन २०८२ १२:१५ | Sunday, February 15, 2026
520
SHARES
मानव स्रोतले जारी गर्‍यो ईसीडी शिक्षकको बुटक्याम्प संहिता, एक बुटक्याम्पमा २५ जना समेटिने

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले देशभरका बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘बालविकास सहजकर्ताका लागि बुटक्याम्प कार्यक्रम सञ्चालन संहिता, २०८२’ जारी गरेको छ। एक बुटक्याम्पमा २५ जना ईसीडी शिक्षक समेटिने संहितामा उल्लेख छ।

प्रारम्भिक बालविकास तथा शिक्षामा संलग्न सहजकर्तालाई कक्षा व्यवस्थापन, सिकाइ सामग्रीको पहिचान, संकलन, निर्माण र प्रयोग, विकास तथा सिकाइ क्रियाकलाप सञ्चालनसम्बन्धी आवश्यक ज्ञान र सीप प्रदान गर्ने लक्ष्यसहित बुटक्याम्प कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

केन्द्रका अनुसार बालबालिकाको सर्वाङ्गीण विकास सुनिश्चित गर्न सहजकर्तालाई स्वयम् उत्प्रेरित हुने गरी सघन तालिम प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो।

आर्थिक वर्ष २०८२/०८३ को विद्यालय शिक्षा क्षेत्र कार्यक्रमअन्तर्गत बजेट उपशीर्षक नं. ३५००११०१ र क्रियाकलाप नं. २.७.१३.१५९४ मा बुटक्याम्प सञ्चालनका लागि बजेट व्यवस्थापन गरिएको छ।

कार्यक्रम प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन स्पष्ट कार्यविधि आवश्यक भएकाले सञ्चालन संहिता, २०८२ निर्माण गरिएको केन्द्रले जनाएको छ।

यस कार्यक्रममार्फत देशभरका बालविकास केन्द्रमा कार्यरत सहजकर्ताको पेसागत दक्षता वृद्धि भई प्रारम्भिक बालशिक्षाको गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।

यस्तो छ संहिता

प्रकाशित: ३ फागुन २०८२ १२:१५ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast