बाख्रा चराउन जंगल गएका व्यक्तिको ढुंगाले लागेर मृत्यु

हिमाल प्रेस ३ फागुन २०८२ १०:३९ | Sunday, February 15, 2026
4
SHARES
बाख्रा चराउन जंगल गएका व्यक्तिको ढुंगाले लागेर मृत्यु

सुर्खेत- जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुंगाले लागेर मृत्यु भएको छ।

बाख्रा चराउन जंगल गएका रोकायको भिरमाथिबाट खसेको ढुंगा टाउकामा लाग्दा घाइते भएकामा उपचारका क्रममा आज नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

स्थानीयवासी बेगवान बस्नेतले घाइते रोकायलाई तत्काल अस्पताल पु¥याइए पनि ज्यान बचाउन नसकिएको बताए।

 

प्रकाशित: ३ फागुन २०८२ १०:३९ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast