जसपा नेपलाका वरिष्ठ उपाध्यक्ष र लोसपाका महासचिव कांग्रेसमा प्रवेश

हिमाल प्रेस २ फागुन २०८२ १८:०७ | Saturday, February 14, 2026
36
SHARES
जसपा नेपलाका वरिष्ठ उपाध्यक्ष र लोसपाका महासचिव कांग्रेसमा प्रवेश

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका तत्कालीन वरिष्ठ उपाध्यक्ष र तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

जसपा नेपालका तत्कालीन वरिष्ठ उपाध्यक्ष केदारनन्दन चौधरी र लोसपाका महासचिव मनिष मिश्र कांग्रेसमा प्रवेशमा गरेका हुन्। पछिल्लो समय लोसपा पनि जसपा नेपालमा समाहित भएको हो। पार्टी एकीकरणपछि मिश्र जसपा नेपालका केन्द्रीय समन्वय समिति सदस्यको जिम्मेदवारीमा थिए।

चुनावी अभियानमा रहेका कांग्रेस सभापति एवं सर्लाही–४ का उम्मेदवार गगन थापाले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका हुन्। सर्लाही–४ बलरामा शनिबार आयोजित कार्यक्रममा चौधरी, मिश्र, केदारसिंह ठटोलासहितका नेताहरू कांग्रेस प्रवेश गरेका हुन्।

सभापति थापाको चुनावी अभिायनका क्रममा सर्लाहीका विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूको क्रम बढेको छ।

प्रकाशित: २ फागुन २०८२ १८:०७ | Saturday, February 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast