डोल्पाका अर्जुन वुढाले जिते ‘पिस एण्ड युनिटी रन’

हिमाल प्रेस २ फागुन २०८२ १७:४५ | Saturday, February 14, 2026
14
SHARES
डोल्पाका अर्जुन वुढाले जिते ‘पिस एण्ड युनिटी रन’

सुर्खेत – नेपाली सेनाको उत्तर–पश्चिम पृतना हेडक्वार्टरले आयोजना गरेको‘ ‘पिस एण्ड युनिटी रन’ मा डोल्पाका अर्जुन वुढा प्रथम भएका छन्। १० किलोमिटर दौड खुल्लातर्फ वुढाले ३१ मिनेट १७ सेकेन्डमा पूरा गरेका हुन्।

यस्तै, द्वितीय आशिष गुरुङले १० किलोमिटरको दुरी ३३ मिनेट ४९ सेकेन्टमा पूरा गरे भने तृतीय भएका मुकेश शाहीले ३४ मिनेट ११ सेकेन्टमा पूरा गरेका थिए।

१० किलोमिटर खुल्ला महिलातर्फ विमला कार्कीले ४१ मिनेट ३ सेकेन्डमा दूरी पार गरी प्रथम भएकी छिन्। यस्तै द्वितीय भएकी गीता कुमारी खड्काले ४१ मिनेट १० र तृतीय कृष्णाकुमारी एडीले ४१ मिनेट ३५ सेकेन्डमा दूरी पूरा गरेकी थिइन्।

पाँच किलोमिटर छात्रातर्फ दैलेखकी चन्द्रा वुढाले पाँच किलोमिटरको दूरी २३ मिनेट ३ सेकेण्डमा पूरा गरेर प्रथम भइन्। द्वितीयमा संस्कृती सापकोटाले २४ मिनेट १ सेकेण्ड र तृतीय दिपा कठायतले पनि समान समयमा दूरी पार गरेकी थिइन्।

पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार, १० किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र पाएका थिए।

प्रकाशित: २ फागुन २०८२ १७:४५ | Saturday, February 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast