विगतमा सरकार सम्हालेका दलको असफलताका कारण वर्तमान परिस्थिति सिर्जना भयो : उपेन्द्र यादव

हिमाल प्रेस २ फागुन २०८२ १६:५३ | Saturday, February 14, 2026
24
SHARES
विगतमा सरकार सम्हालेका दलको असफलताका कारण वर्तमान परिस्थिति सिर्जना भयो : उपेन्द्र यादव

काठमाडौँ- जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा सरकार सम्हालेका दलको असफलताका कारण मुलुकमा वर्तमान परिस्थिति सिर्जना भएको आरोप लगाएका छन्।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले विगतमा सरकार सम्हालेर दुई तिहाई दाबी गर्ने दलहरुको असफलता, अकर्मण्यता र अदुरदर्शीताका कारणले मुलुकमा वर्तमान परिस्थिति सिर्जना भएको र ८४ को निर्वाचन ८२ मा गर्ने अवस्था बनेको आरोप लगाए।

जेनजी आन्दोलनपछि बनेको सरकारले राजनीतिक द्वन्द्व र राष्ट्रिय सवालहरूलाई हल गरेर चनाव गरेको भए आगामी संसद थप प्रभावकारी हुने भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ।

यादवले जेजस्तो परिस्थिति भए पनि चुनाव नजिकिँदै गएकाले मुलुक र जनताको समस्या हल हुने गरी अघि बढ्नुपर्नेमा जोड दिए।

मुलुकमा लोकतन्त्र जोगिए पनि संविधानमा संघीयताको संरचना अझै पनि मिल्न नसकेको उनले बताए। उनले अब शासकीय स्वरुप र निर्वाचन प्रणालीलाई परिवर्तन गरेर मात्रै मुलुकलाई सफल बनाउन सकिने धारणा राखे।

यादवले निर्वाचनका लागि पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा संविधान विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरवलोकन आयोग गठन गरिने देखि स्वदेशमा नै रोजगारी, निशुल्क स्वास्थ्य, शिक्षा, सम्पती छानविन लगायतका बिषयलाई प्राथमिकताका साथ समावेश गरिएको जानकारी दिए।

प्रकाशित: २ फागुन २०८२ १६:५३ | Saturday, February 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast