सशस्त्रको गोताखोरले निकाल्यो फेवातालमा खसेको कार, अचेत भेटिएका युवक बाँचेनन्

हिमाल प्रेस २ फागुन २०८२ १०:४३ | Saturday, February 14, 2026
16
SHARES
सशस्त्रको गोताखोरले निकाल्यो फेवातालमा खसेको कार, अचेत भेटिएका युवक बाँचेनन् फेवातालमा गाडीसँगै डुवेका युवकलाई बाहिर निकाल्दै सशस्त्र प्रहरीको गोताखोर। तस्बिर : सशस्त्र प्रहरी

काठमाडौँ- कास्कीको पोखरा महानगरपालिका–६ पामेस्थित गैह्राकोचौतरा नजिक फेवातालमा खसेको कार बाहिर निकालिएको छ। बिएए १५८२ नम्बरको कार शनिबार राति गति अनियन्त्रित भई उक्त तालमा खसेको थियो। सो दुर्घटनमा स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका–५ स्थायी घर भई हाल पोखरा महानगरपालिका–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङलाई सशस्त्र प्रहरी नेपालको गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उद्धार पश्चात उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकोमा शनिबार राति नै उनलाई डाक्टरले मृत्यु घोषणा गरेको थियो। दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली उद्धार कार्यमा खटिएको थियो। उक्त तालमा खसेको कार क्रेनको सहयाताले बाहिर निकालिएको छ ।

प्रकाशित: २ फागुन २०८२ १०:४३ | Saturday, February 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast