नेपाल टेलिकमको दोस्रो त्रैमासिक विवरण सार्वजनिक

हिमाल प्रेस १ फागुन २०८२ १७:३२ | Friday, February 13, 2026
4
SHARES
नेपाल टेलिकमको दोस्रो त्रैमासिक विवरण सार्वजनिक

काठमाडौँ- नेपाल टेलिकमले आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको सञ्चालन आय वृद्धि भए पनि खुद मुनाफा भने घटेको देखिएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म कम्पनीको कुल सञ्चालन आय १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रूपैयाँ पुगेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको १६ अर्ब ४९ करोड २५ लाख रुपैयाँको तुलनामा २९ करोड ४८ लाख ५ हजार रुपैयाँले वृद्धि भएको हो।

यस्तै कुल आय भने १९ अर्ब २२ करोड ७२ लाख ६६ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको १९ अर्ब ५१ करोड ९२ लाख ६६ हजार रुपैयाँको तुलनामा २९ करोड २० लाख रुपैयाँले कमी आएको हो।

दोस्रो त्रैमासिकसम्म कम्पनीको कर तथा अन्य शुल्क कट्टाअघि ९ अर्ब ७७ करोड ७० लाख ६२ हजार रुपैयाँ रहेको छ। यो गत वर्षको सोही अवधिको १० अर्ब ३ करोड ७५ लाख ८९ हजार रुपैयाँको तुलनामा २६ करोड ५ लाख २६ हजार रुपैयाँले घटेको हो।

करअघिको मुनाफा ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको ६ अर्ब १९ करोड ९० लाख ३८ हजार रुपैयाँको तुलनामा २८ करोड ४७ लाख ३८ हजार रुपैयाँले कमी हो।

त्यस्तै खुद मुनाफा ४ अर्ब १६ करोड ४५ लाख ९ हजार रुपैयाँ रहेको छ। यो गत वर्षको ४ अर्ब ७८ करोड ५९ लाख २५ हजार रुपैयाँको तुलनामा ६२ करोड १४ लाख १५ हजार रुपैयाँले घटेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ २७ पैसा रहेको छ।

प्रकाशित: १ फागुन २०८२ १७:३२ | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast