आज कुन देशको मुद्राको मूल्य कति?

हिमाल प्रेस १ फागुन २०८२ ७:१० | Friday, February 13, 2026
4
SHARES
आज कुन देशको मुद्राको मूल्य कति?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९८ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८९ रुपैयाँ १६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २९ पैसा र बिक्रीदर १६ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ र बिक्रीदर २३ रुपैयाँ १० पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४७६ रुपैयाँ , बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपैयाँ ७४ र बिक्रीदर ३७७ रुपैयाँ ३० पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित: १ फागुन २०८२ ७:१० | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast