आहा रारा पाेखरा गाेल्डकप : मनाङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

हिमाल प्रेस २९ माघ २०८२ १८:५९ | Thursday, February 12, 2026
20
SHARES
आहा रारा पाेखरा गाेल्डकप : मनाङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

पाेखरा- विभागीय नेपाल एपीएफ क्लबकाे अग्रता ताेड्दै मनाङ मस्याङ्दी २५ ओैँ संस्करणको आहा रारा पाेखरा गाेल्डकपकाे क्वार्टरफाइनल प्रवेश गरेकाे छ। बिहीबार पाेखरा रंगशालामा भएकाे तेस्राे प्रिक्वार्टरफाइनलमा एपीएफलाई एकका विरूद्ध दुई गाेल गर्दै विजयी सुरूवात गरेकाे हाे।

खेलकाे ११ औँ मिनेटमा एपीएफका लागि युवराज राईले सुरूवाती अग्रता लिएका थिए। एपीएफले पहिलाे हाफ शून्यका विरूद्ध एक गाेलअन्तर कायम गरेकाेमा दाेस्राे हाफमा मनाङले दुई गाेल गरेकाे हाे।

खेलकाे ५७ मिनेटमा प्लेयर अफ दी म्याच राेनिस राजवाहकले गाेल गर्दै बराबरी खेलेका हुन्। साथै खेलकाे ७७ मिनेटमा सुरेश कुमालले विपक्षी पाेस्टमा बललाई जाली चुमाए।

मनाङले अब भारतकाे थन्डरबाेल्ट युनाइटेड क्लबसँग तेस्रो क्वार्टरफाइनल खेल्नेछ। शुक्रबारकाे खेल प्लानिङ ब्वाइज युनाइटेड र फ्रेन्डस क्लबीच हुने आयाेजक सहारा क्लब पाेखराले जनाएको छ।

प्रकाशित: २९ माघ २०८२ १८:५९ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast