राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

हिमाल प्रेस २९ माघ २०८२ १२:२६ | Thursday, February 12, 2026
10
SHARES
राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य राष्ट्रियसभाको बैठक। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्। सरकारको सिफारिसमा उनले शुक्रबार (फागुन १) मध्यरातिबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका हुन्।

मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिस बमोजिम राष्ट्रपति पौडैलले फागुन १ गते शुक्रबार रातको १२ बजेदेखि लागु हुने गरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

‘‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति  माघ २६ गते को सिफारिसमा संवत् २०८२ साल फागुन १ गते शुक्रबार राती १२ः०० बजेदेखि लागू हुने गरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,’ प्रवक्ता शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २९ माघ २०८२ १२:२६ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast