काठमाडौँ- नेपालका चर्चित भिलेन अभिनेता राजेन्द्र खड्गी हिमाचल इन्डिया वर्ल्ड वाइड प्रा. लि. काे ब्रान्ड एम्बासेडर बनेका छन्।
कम्पनीले नेपाल र भारतका लागि ब्रान्ड एमबासेडरका रूपमा अभिनेता खड्गीलाई नियुक्त गरेको हाे।
नियुक्तिपछि अभिनेता खड्कीले भने, ‘यो कम्पनीले नेपालमा आधुनिक आवासीय संरचनालाई प्रवर्द्धन गर्दै पर्यटन र व्यवसाय दुवैलाई सहज बनाउन काम गर्नेछ।’
कम्पनीका कमल लामाले कार्यालय नेपालमा औपचारिक रूपमा स्थापना भइसकेको जानकारी दिए। उनले नेपालमा नयाँ व्यवस्थापन प्रणालीअनुसार काम अघि बढाइने र दुबै देशमा पर्यटन प्रवर्द्धनलाई सहज बनाउने योजना रहेको बताए।
कम्पनीले डोम हाउस, रेडिमेड हाउस तथा क्याप्सुल हाउस निर्माणको काम गरिरहेको छ।
कम्पनीले आगामी दिनमा नेपाल र भारतका बजारमा आफ्नो उत्पादन र सेवाको विस्तार गर्दै आधुनिक र गुणस्तरीय आवासीय संरचनालाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।



