सडक दुर्घटनामा माडीका ४४ वर्षीय युवकको निधन, चार घाइते

हिमाल प्रेस २९ माघ २०८२ ८:४३ | Thursday, February 12, 2026
8
SHARES
सडक दुर्घटनामा माडीका ४४ वर्षीय युवकको निधन, चार घाइते

चितवन- चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई स्कारपियोले ठक्कर दिएको हो। घाइते सबैको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रकाशित: २९ माघ २०८२ ८:४३ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast