राजेन्द्र महतोको पार्टीका उम्मेदवार रास्वपा प्रवेश

हिमाल प्रेस २८ माघ २०८२ १४:४१ | Wednesday, February 11, 2026
20
SHARES
राजेन्द्र महतोको पार्टीका उम्मेदवार रास्वपा प्रवेश

काठमाडौँ- राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिसिधभा सदस्य उम्मेदवार राजीव झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।

राष्ट्रिय मुक्ति पार्टीका तर्फबाट धनुषा–३ मा उम्मेदवार बनेका झा बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा रास्वपा प्रवेश गरेका हुन्।

उनलाई रास्वपा धनुषा–३ का उम्मेदवार मनिष झाले पार्टी प्रवेश गराएका हुन्। रास्वपा प्रवेश गरेका झाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका बताएका छन्। रास्वपा प्रवेश गरेकोले अब आफ्नो समर्थन मनिष झालाई रहने उनले उल्लेख गरे।

फागुन २१ गते हुने प्रतिनिधिसमा सदस्य निर्वाचनका लागि झाले राष्ट्रिय मुक्ति पार्टीका तर्फबाट धनुषा–३ मा उम्मेदवारी दर्ता गराएका थिए। उम्मदेवारी दर्ता गरेसँगै उनले घरदैलो कार्यक्रमलाई समेत तिब्रता दिएका थिए।

प्रकाशित: २८ माघ २०८२ १४:४१ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast