वैशाखमा १८ मा सर्‍यो स्वस्तिमाको ‘लालीबजार’

हिमाल प्रेस २८ माघ २०८२ १२:४२ | Wednesday, February 11, 2026
16
SHARES
वैशाखमा १८ मा सर्‍यो स्वस्तिमाको ‘लालीबजार’

काठमाडौँ- फिल्म ‘लालीबजार’ फागुन १ मा प्रदर्शन नहुने भएको छ। निर्माण टिमले बुधबार फिल्मको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति सारेका छन्।

आगामी वर्ष २०८३ वैशाख १८ लाई प्रदर्शन मिति तोकेका छन्। फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन्।

उनीसँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारीलगायत कलाकारले फिल्ममा अभिनय गरेका छन्।

षड्कोण आर्टसको प्रस्तुतिमा बनेको फिल्म यम थापाले निर्देशन गरेका हुन्। यमकै कथा रहेको फिल्मको पटकथा र संवाद लेखनमा थापा निर्देशक प्रदीप भट्टराईसँग सहकार्य गरेका छन्।

प्रदीप भट्टराई फिल्मका कार्यकारी निर्माता समेत हुन्। फिल्मका निर्मातामा म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता छन्।

प्रकाशित: २८ माघ २०८२ १२:४२ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast