जिप दुर्घटना चालकको मृत्यु, तीन जना घाइते

हिमाल प्रेस २८ माघ २०८२ ९:२५ | Wednesday, February 11, 2026
8
SHARES
जिप दुर्घटना चालकको मृत्यु, तीन जना घाइते

दाङ- रुकुमपूर्वबाट तुलसीपुरतर्फ आइरहेको ग१ज ५६६१ नम्बरको जिप आज बिहान राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्युु भएको छ।

कपुरकोटस्थित प्रहरी चौकीका अनुसार रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय जिपचालक विजय विकको घटनास्थलमै मृत्यु भएको हो। अन्य तीन जना घाइतेलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पठाइएको छ। घाइतेमध्ये एक बालक र दुई महिला छन्।

प्रकाशित: २८ माघ २०८२ ९:२५ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast